बैशाख १७, २०८१, सोमबार
               

शीतल निवास पुगे भीम रावल र पम्फा भुसाल

नेपाल फ्ल्यास
पुस ०१, २०७७

ADVERTISEMENT

काठमाडौं । संघीय संसदको विशेष अधिवेशनको माग गर्दै सांसदहरुको निवेदन लिएर नेकपाका केही सांसदहरु राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् ।

नेकपा सांसद भीम रावल, पम्फा भुसालसहितको टोली सांसदहरूको हस्ताक्षरसहित विशेष अधिवेशन माग गर्दै राष्ट्रपति कार्यालय पुगेका हुन् ।

तर उनीहरूको निवेदन र सांसदहरुको हस्ताक्षर बुझाउन पाएका छैनन् । 

राष्ट्रपति कार्यालयका सचिव हरि पौडेलसँग सम्पर्क नभएपछि उनीहरूले निवेदन र हस्ताक्षर बुझाउन नपाएका हुन् ।


कस्तो लाग्यो ?

यो पनि