बैशाख १७, २०८१, सोमबार
               

नेकपा स्थायी कमिटी बैठक सुरु, ओली अनुपस्थित

नेपाल फ्ल्यास
पुस ०१, २०७७

ADVERTISEMENT

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सुरु भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित छन् ।

ओली नआइपुगे पनि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठक सुरु गरेका छन् ।

बैठक अगाडि बुधबार विहान ओली र प्रचण्ड बीच भेटवार्ता भएको थियो । करिब आधा घण्टा छलफल गरेर प्रचण्ड बैठकमा आएका हुन् ।

बुधबारको बैठकमा पार्टी भित्र देखिएको संकटबारे छलफल हुने एजेण्डा पूर्व निर्धारित छ । तर, मंगलबार मात्रै सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएकाले यो विषयले पनि स्थायी कमिटीमा प्रवेश पाउने सम्भावना छ ।


कस्तो लाग्यो ?

यो पनि