बैशाख १७, २०८१, सोमबार
               

बैठकअघि ओलीलाई भेट्न बालुवाटार पुगे प्रचण्ड

नेपाल फ्ल्यास
पुस ०१, २०७७

ADVERTISEMENT

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन् । 

प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न प्रचण्ड बुधबार प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् ।

आज बस्ने स्थायी कमिटी बैठकअघि दुई अध्यक्षबीच भेटवार्ता हुन लागेको हो ।

प्रचण्डलाई ओलीको फोन

यसअघि आजै बिहान प्रधानमन्त्री ओलीले प्रचण्डलाई फोन गरेर (दुई अध्यक्ष) मिलेर जान आग्रह गरेका थिए ।

‘तपाईं र म मिलेर जाऔँ, बैठकअघि नै हामी छलफल गरौँ’, प्रधानमन्त्रीले प्रचण्डलाई भनेको भनाइ उद्धृत गर्दै खुमलटार स्रोतले बताएको छ ।

जवाफमा प्रचण्डले आफू छलफलका लागि सधैँ तयार रहेको र त्यसका लागि बालुवाटारमै राखिएको बैठकमा आउन ओलीलाई आग्रह गरेका थिए ।

उत्कर्षमा विवाद  

पार्टी विवाद बढ्दै गइरहेको बेला बेला प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले हिजो (मंगलबार) पार्टी र मन्त्रिपरिषदमा सल्लाह नै नगरी संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि नेकपाको विवाद थप उत्कर्षमा पुगेको छ । 

प्रचण्डसहित सचिवालयका बहुमत सदस्यहरुले हिजो नै सो अध्यादेश फिर्ता हुनुपर्ने माग गरेका छन् । 


कस्तो लाग्यो ?

यो पनि