बैशाख १७, २०८१, सोमबार
               

प्रचण्डलाई भेट्न खुमलटार पुगे नेता पोखरेल

नेपाल फ्ल्यास
पुस ०१, २०७७

ADVERTISEMENT

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।

आज (बुधबार) बिहान प्रचण्डलाई भेट्न मुख्यमन्त्री पोखरेले खुमलटार पुगेका थिए । दुई नेताहरुबीच केहीबेर कुराकानी भएको थियो ।

अध्यक्ष प्रचण्ड र पोखरेलबीच के के कुरानी भयो भन्ने बारेमा केही बताइएको छैन ।

आज दिउँसो बस्ने स्थायी कमिटी बैठकअघि भएको भेटलाई चाँसोका साथ हेरिएको छ ।

पार्टी विवाद बढ्दै गइरहेको बेला बेला प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले मंगलबार पार्टी र मन्त्रिपरिषदमा सल्लाह नै नगरी संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि नेकपाको विवाद थप उत्कर्षमा पुगेको छ ।

कार्यकारी अध्यक्ष प्रचण्डसहित सचिवालयका बहुमत सदस्यहरुले हिजो (मंगलबार) नै सो अध्यादेश फिर्ता हुनुपर्ने माग गरेका छन् । 


कस्तो लाग्यो ?

यो पनि