जेठ ०२, २०८१, बुधबार
               

नेकपा स्थायी कमिटी बैठक बालुवाटारमा बस्दै

नेपाल फ्ल्यास
पुस ०१, २०७७

ADVERTISEMENT

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद झनझन् बढ्दै गएको बेला आज स्थायी कमिटी बैठक बस्दैछ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो १ बजे बैठक बस्ने बताइएको छ । 

यसअघि आइतबार बसेको बैठक पार्टीका केन्द्रीय सदस्य कमान सिंह लामाको मृत्युमा शोक प्रस्ताव पारित गर्दै आजसम्मका लागि  स्थगित गरिएको थियो ।

पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा कुनै छलफल नै नगरी हिजो (मंगलबार) संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएपछि नेकपा भित्रको विवाद झनैउत्कर्षमा पुगेको छ । ओलीको पछिल्लो कदमको पार्टीभित्र र बाहिर तीव्र विरोध सुरु भएको छ ।

पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतका नेताले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याउने ओलीको कदमको चर्को आलोचना गरेका छन् ।

यस विषयमा आजको वैठकमा महत्वकासाथ कुरा उठ्ने स्थायी समितिका एक सदस्यले जानकारी दिए ।

अध्यादेश जारी भएलगत्तै असन्तुष्ट स्थायी कमिटीका बहुमत सदस्य मंगलबार साँझ प्रचण्ड निवास खुमलटारमा भेला भएका थिए । 

उनीहरुले आज बस्ने बैठकमा प्रधानमन्त्री ओलीलाई अध्यादेश फिर्ता लिन निर्देशन दिने निष्कर्ष निकालेका छन् ।


कस्तो लाग्यो ?

यो पनि