जेठ ०३, २०८१, बिहीबार
               

अध्यादेश तुरुन्त फिर्ता गर्न नेता नेपालको अनुरोध

नेपाल फ्ल्यास
मंसिर ३०, २०७७

ADVERTISEMENT

काठमाडौं । सत्तारुढ दलका वरिष्ठ नेता माधवकुमार नेपालले  सरकारले ल्याएको अध्यादेश तुरुन्त फिर्ता गर्न अनुरोध गरेका छन् । 

पटक-पटक आवश्यक संख्या नपुग्दा स्थगित हुँदै आएपछि संवैधानिक परिषद्को बैठक बस्न मिल्ने गरी सरकारले अध्यादेश जारी गरेपछि वरिष्ठ नेता नेपालले मंगलबार साझ नेपाल फ्ल्याससँग यस्तो बताएका हुन् । 

यसका अलवा पार्टीलाई अन्धकारमा राखेर जारी भएको अध्यादेश तुरुन्त फिर्ता लिन जोड दिए । मंगलबार अध्यादेश आएर सो अध्यादेशअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीसहित तीन जनाको उपस्थितमा सो बैठक समापन भएको छ । 

सरकारले ल्याएको अध्यादेशबारे सत्तारुढ दलकै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल,प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत बुद्धिजीवीले आलोचना गरेका छन् । यसका अलवा सो विषयलाई लिएर सामाजिक सञ्जालमा पनि आलोचना हुने क्रम जारी छ । 

यो पनि