जेठ ०२, २०८१, बुधबार
               

अध्यादेशपछि काँग्रेसले बोलायो आकस्मिक बैठक

नेपाल फ्ल्यास
मंसिर ३०, २०७७

फाइल फोटो
ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारद्वारा जारी संवैधानिक परिषद् सम्बन्धी अध्यादेशको खारेजीको माग गर्दै आएको नेपाली काँग्रेसले शीर्ष नेताहरुको बैठक डाकेको छ ।

कांग्रेस सभापति शेरवहादुर देउवाले पार्टीका शीर्ष नेताको बैठक बोलाएका हुन् ।

सभापति देउवा मंगलवार बिहानको संवैधानिक परिषद् बैठकमा सहभागी हुन बालुवाटार पुगेका थिए । अध्यादेश जारी भएपछि साँझको बैठकमा भने बिरोध जनाउँदै सहभागी हुन इन्कार गरे ।

उनले सोही बिषयमा छलफलका लागि पदाधिकारी र पूर्व पदाधिकारी सहितको शीर्ष नेताको बैठक बुधवार अपरान्ह डाकेका हुन् ।

सरकारले जारी गरेको अध्यादेशको सत्तारुढ दल नेकपाभित्रै आपत्ति जनाइरहेका बेला नेपाली काँग्रेसले छलफलका लागि बैठक डाकेको हो ।


कस्तो लाग्यो ?

यो पनि