जेठ ०२, २०८१, बुधबार
               

सरकार सर्वसत्तावाद र निरंकुशतातर्फ अगाडि बढेको पुष्टि भयो : रामचन्द्र पौडेल

नेपाल फ्ल्यास
मंसिर ३०, २०७७

ADVERTISEMENT

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरेर सरकार सर्वसत्तावाद र निरंकुशतातर्फ अगाडि बढेको आरोप लगाएका छन् ।

वरिष्ठ नेता पौडेलले संवैधानिक परिषदको  मूल मर्मविपरित  संवैधानिक निकायमा आफ्नो अनुकूलका मानिसहरू भर्ति गर्ने नियतका साथ अध्यादेश आएको भन्दै विरोध गरेका हुन् । 

पौडेलले ट्वीट गर्दै लेखेका छन्, 'संवैधानिक परिषदको मूल मर्मविपरित संवैधानिक निकायमा आफू अनुकुलका मानिस भर्ने कुत्सित नियतका साथ संसद अधिवेशनलाई छल्नका लागि हतार हतारमा संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गर्नु सर्वसत्तावाद र निरंकुशतातर्फ सरकार अगाडि बढेको थप प्रमाण हो । यस्ता कार्यको म घोर विरोध गर्दछु ।'

उनले सरकारको यस्ता कार्यको घोर विरोध गर्दै तुरुन्त संसदको बैठक बोलाएर यस्ता अध्यादेश खारेज गर्न आह्वान समेत गरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि