जेठ ०३, २०८१, बिहीबार
               

संवैधानिक परिषद् बैठकमा नजान देउवालाई दबाब

नेपाल फ्ल्यास
मंसिर ३०, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशको विरोध गरेको छ ।

बहुमत सदस्यकै उपस्थितिमा परिषद् बैठक बस्न सक्ने गरी राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार अध्यादेश जारी गरेकी थिइन् । संवैधानिक परिषद्को बैठक आजै (मंगलबार) ५ बजे बोलाइएको छ ।

संसद बैठकको मुखमा आएर ल्याइएको अध्यादेशप्रति कांग्रेसको आपत्ति रहेको प्रवक्ता विश्वप्रकाश शर्माले बताए । बिहान बैठक बस्ने र दिउँसो अध्यादेश जारी गर्नु आपत्तिजनक रहेकाे शर्माको तर्क छ । 

यो बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा सहभागी हुने वना नहुने निश्चित छैन ।

कांग्रेस नेताहरुले भने नजान देउवालाई दबाव दिएका छन् ।

प्रवक्ता विश्वप्रकाश शर्माले भने अध्यादेशमा के छ, अध्यादेश ल्याउनुका पछाडि के नियत छ भन्ने विषयमा पार्टीमा परामर्श नगरी सभापति बैठकमा सहभागी नहुने बताए । 


कस्तो लाग्यो ?

यो पनि