जेठ ०२, २०८१, बुधबार
               

बहुमतले निर्णय गर्न सक्ने गरी संवैधानिक परिषद् अध्यादेश जारी

नेपाल फ्ल्यास
मंसिर ३०, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश जारी गरेकी छन् ।

राष्ट्रपति कार्यालयका अनुसार उनले मंगलबार अध्यादेश जारी गरेकी हुन् । 

संवैधानिक परिषदमा निर्णय गर्न सहज हुन सक्ने गरी अध्यादेश ल्याइएको हाे । जारी अध्यादेशअनुसार अब संवैधानिक परिषद्को बैठकले बहुमतबाट निर्णय गर्न सक्नेछ । 

परिषदमा ६ जना सदस्य रहने प्रावधान छ । उपसभामुख पद रिक्त रहेकाले अहिले ५ जना सदस्य छन् । ५ जनामध्ये बहुमत बैठकमा उपस्थित भए पनि निर्णय गर्न सक्ने गरी अध्यादेश ल्याइएको स्रोतले बतायाे । 

मंगलबार बिहान सभामुख अग्निप्रसाद सापकोटाको अनुपस्थितिका कारण परिषद बैठक स्थगित भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रुपमा मन्त्रिपरिषद बैठक बोलाएका थिए ।

मन्त्रिपरिषद्को सिफारिशमा आज राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको अध्यादेशले सो प्रावधान संशोधन गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार टिकाप्रसाद ढकालले बताए ।

सो कार्यविधिको दफा ६ को उपदफा ३ को सो व्यवस्थालाई संशोधन गरी अध्यक्षसहित बहुमत सदस्यको उपस्थिति भएमा त्यसलाई गणपुरक संख्या पुगेको मानिनेछ भन्ने नयाँ व्यवस्था गरिएको छ ।


कस्तो लाग्यो ?

यो पनि