जेठ ०२, २०८१, बुधबार
               

कांग्रेसलाई सत्ताको मोह छैन : डा.  रिजाल

नेपाल फ्ल्यास
मंसिर २९, २०७७

ADVERTISEMENT

काठमाडौं । कांग्रेस केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले कांग्रेसलाई सत्ता प्यारो नभएको बताएका छन् ।

कांग्रेस तनहुँले दमौलीमा आयोजना गरेको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री डा रिजालले जनताले कांग्रेसलाई आफ्नो माझ खोजेको र  अबको चुनावपछि कांग्रेस पहिलो शक्ति बन्ने जिकिर गरेका छन् । 

‘गएको निर्वाचनमा कांग्रेस थोरै मतले पछाडि परेको हो, अझै पनि जनताको भरोसा यो पार्टीमा छ,’ उनले भने । वर्तमान सरकार ५ वर्षसम्म नै चलोस् भन्ने कांग्रेसको शुभेच्छा रहे पनि सरकारले जनभावना नबुझेको उनको भनाइ छ । 

संविधानको रक्षाका लागि कांग्रेस सदैव प्रतिबद्ध रहेको उल्लेख गर्दै पूर्वमन्त्री डा रिजालले जनताका पक्षमा काम गर्न सरकारलाई सुझाव दिए । 

सो अवसरमा कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले स्वतन्त्रतामाथि अङ्कुश लगाए । कांग्रेस तनहुँका सभापति बैकुण्ठ न्यौपानेले सरकारले राम्रो काम नगरेको जनाउँदै सोही कारण कांग्रेस आन्दोलनमा उत्रिनुपरेको बताए ।

महासमिति सदस्य रामचन्द्र पोखरेलले कांग्रेसलाई निषेध गर्न खोजिएको जनाउँदै सोही कारण आन्दोलन गर्नुपरेको बताए । कांग्रेस तनहुँका कार्यवाहक सभापति जीतप्रकाश आलेको सभापतित्वमा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेशसभासद् डोबाटे विक, सरिता गुरुङलगायतले सरकार जनताप्रति उत्तरदायी बन्नुपर्नेमा जोड दिए ।

यो पनि