जेठ ०३, २०८१, बिहीबार
               

संसद् अधिवेशन बोलाउन काँग्रेस उपसभापति निधिको माग

नेपाल फ्ल्यास
मंसिर २९, २०७७

ADVERTISEMENT

नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले संसद्को अधिवेशन छिटोभन्दा छिटो बोलाउन सरकारसँग माग गरेका छन् ।

काँग्रेस जिल्ला समिति भक्तपुरले आज सूर्यविनायकमा आयोजना गरेको विरोध कार्यक्रममा उनले देशमा भएका समस्याको समाधान संसद्बाटै खोज्नुपर्ने भएकाले तत्काल संसद् बैठक बोलाउन माग गरे । 

काँग्रेससँग निर्वाचन कुर्नुको विकल्प नभएको जनाउँदैै  उनले आगामी निर्वाचनको तयारीका लागि गाउँगाउँमा जान कार्यकर्तालाई आह्वान गरे । करीब ३ वर्षका अवधिमा जनताले दिएको मतको सरकारले कदर गर्न नसकेको र जनताले चाहेअनुसार सरकार नगएको आरोप लगाउँदै उनले प्रतिपक्ष दलले शिलान्यास र उद्घाटनसमेत गर्न नहुने गरी रोक्नु गलत भएको जिकिर गरे । 

सरकार भ्रष्टाचार नियन्त्रण, सुशासन, रोजगारीको व्यवस्था, कोरोना नियन्त्रणजस्ता विषयमा गम्भीर हुनुपर्ने उनले औँल्याए । कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य एवं पूर्वराज्यमन्त्री सीता गुरुङ, आमन्त्रित केन्द्रीय सदस्य रमा पौडेल, भक्तपुर जिल्ला सभापति दुर्लभ थापालगायतले सरकारले जनभावनानुकूल काम गर्नुपर्नेमा जोड दिए । 


कस्तो लाग्यो ?

यो पनि