जेठ ०३, २०८१, बिहीबार
               

काठमाडौँमा काँग्रेसको प्रदर्शन (फोटोफिचर)

नेपाल फ्ल्यास
मंसिर २९, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारविरुद्ध आज देशव्यापी प्रदर्शन गरेकाे छ । संघीय राजधानी काठमाडौंका विभिन्न स्थानबाट जुलुस निकालेर रत्नपार्कस्थित शान्तिबाटिकामा बृहतकार्यक्रमको आयोजना गरेका छन् । 

आजकाे कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गर्नकै लागि सबै निकाय प्रधानमन्त्री कार्यालयअन्तर्गत केन्द्रीकृत गरेको आरोप लगाएका छन्  । राजधानीको शान्ति वाटिकावाट सम्बोधन गर्दै उनले भने- ‘गाोकर्ण, यति, वाइडवडीदेखि ओम्नीसम्मका भ्रष्टाचारका कुरा आएका छन । कम्युनिस्ट पार्टीका बहुमत नेताले यो सरकार भ्रष्टाचारी भनिसकेको छ । अब हामीले आरोप लगाउन पदैन, उनीहरूकै सचिवालयको बहुमत सदस्यले यही भनेका छन्।’  

तनहुँमा आफूमाथि गरिएको घटना उल्लेख गर्दै नेता पौडेलले भने, ‘देशका अरु ठाउँमा के भएको होला ? लोकतन्त्र संकटमा छ । सरकारले सारा समाज नियन्त्रण गर्ने प्रयत्न गर्दैछ ।’ भ्रष्ट्राचार, कुशासन र अधिनायकवादतर्फ उन्मुख भएको भन्दै कांग्रेसले देशव्यापी विरोध प्रदर्शन गरेको हो ।


कस्तो लाग्यो ?

यो पनि