बैशाख २१, २०८१, शुक्रबार
               

राष्ट्रिय जनमोर्चाद्वारा उखु किसानको संघर्षप्रति ऐक्यबद्धता

नेपाल फ्ल्यास
मंसिर २९, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय जनमोर्चा पार्टीले उखु किसानको संघर्षप्रति ऐक्यबद्धता प्रकट गरेको छ । सो पार्टीकी उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलले सोमबार एक विज्ञप्ति जारी गर्दै उखु किसानको आन्दोलनमा एक्यबद्धता जनाएको हो । सो विज्ञप्तिमा भुक्तानी नदिएर संघर्षको लागि बाध्य पारिएको किसानमाथि गरिएको व्यवहार अपराध भएको  उल्लेख छ । 

‘गत वर्ष पुसमा रकम भुक्तानीको माग गर्दै किसानले काठमााडौंमा आई संघर्ष गरेका थिए । उद्योग मन्त्रालयको समन्वयमा चिनी मिल र उखु किसानबीच तत्काल भुक्तानी गर्ने सम्झौता भएको थियो ।

तर, सम्झौता भएको एक वर्षसम्म पनि भुक्तानी नगरिनु सरकार र चिनी मिलको गैरजिम्मेवारको पराकाष्ठा हो । उखुको भुक्तानी नदिएर संघर्षको लागि बाध्य पारिनु किसानमाथि गरिएको अपराध हो’, उनको विज्ञप्तिमा भनिएको छ । 

बिक्री गरेको उखुको मूल्य भुक्तानी नगरिनु चिनी मिलको किसानमाथिको लुट, दादागिरी र चरम शोषण भएको सो विज्ञप्तिमा उल्लेख छ ।


कस्तो लाग्यो ?

यो पनि