चैत १५, २०८०, बिहीबार
               

पूर्वमन्त्री आफताब आलमका भाइ महताब आलम पुर्पक्षका लागि कारागार चलान

नेपाल फ्ल्यास
मंसिर २८, २०७७

ADVERTISEMENT

रौतहट । कांग्रेस नेता एवम् पूर्वमन्त्री आफताब आलमका भाइ महताब आलम पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

रौतहटको राजपुर फरदहवामा भएको बमकाण्डको आरोपमा पक्राउ परेका उनी आइतबार पुर्पक्षका लागि जेल चलान भएका हुन् । 

उनलाई जिल्ला न्यायाधीश मणिराम न्यौपानेको इजलासले थुनामा पठाउने आदेश गरेको हो ।

२०६४ सालमा भएको पहिलो संविधानसभाको चुनावको पूर्वसन्ध्यामा बम बनाउने क्रममा बम विस्फोट हुँदा घाइते भएकाहरुलाई जीउँदै इँटा भट्टामा हालेर मारेको आरोपमा उनीसहित ११ जना माथि कर्तब्य ज्यान, ज्यान मार्ने उद्योग र बिस्फोटक पदार्थको कसुरमा जन्मकैद सजायको मागसहितको अभियोग पत्र अदालतमा दर्ता भएको थियो ।

उनीमाथि कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र बम विस्फोट सम्बन्धी गरी तीनवटा कसूरमा सजाय माग गरिएको छ । सो घटना भएको १२ वर्षपछि २०७६ असोज २६ गते कांग्रेस नेता आफताब आलमल पक्राउ परेका थिए ।दाजु पक्राउ परेसँगै भाइ महताब फरार थिए ।

उनी शनिबार भारतको मोतिहारीबाट पक्राउ परेका थिए । यस घटनामा संलग्न अझै ६ आरोपी फरार छन् ।

यो पनि