बैशाख २६, २०८१, बुधबार
               

भाजपा विदेश विभाग प्रमुखको नेपाल भ्रमणप्रति रावलको आपत्ति

नेपाल फ्ल्यास
मंसिर २८, २०७७

ADVERTISEMENT

काठमाडौं । सत्तारुढ दल नेकपाका नेता भीम रावलले पार्टीलाई जानकारी नदिई भाजपा विदेश विभाग प्रमुखलाई बोलाएको भन्दै आपत्ति प्रकट गरेका छन् । 

पार्टीलाई जानकारी नदिइ विधि, पद्धति र कूटनीतिक मर्यादा उल्लंघन गरी भाजपा विदेश विभाग प्रमुखलाई बोलाएको भन्दै उनले आपत्ति प्रकट गरेका हुन् । 

प्रधानमन्त्री अ‍ोलीको निर्देशनमा नेकपाका महासचिव विष्णु पौडेलले पत्र लेखेर भाजपाका विदेश विभागका प्रमुख चौथाइवालेलाई बोलाउनु कूटनीतिक मर्यादविपरीत भएको उनको टिप्पणी छ । 

भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा.विजय चौथाइवाले नेपाल कम्युनिस्ट पार्टी नेकपाको निमन्त्रणामा नेपाल विभिन्न व्यक्तिलाई भेटेर स्वदेश फर्किसकेका छन् ।

यसअघि भारतीय रअ प्रमुख नेपाल आउँदा सो विषयलाई लिएर यस्तै प्रकारको विवाद भएको थियो । जसले नेकपाभित्र एक किसिमको विवाद उत्पन्न गराएको थियो । 

यो पनि