जेठ ०४, २०८१, शुक्रबार
               

शोक प्रस्ताव पारित गर्दै सकियो नेकपा बैठक

नेपाल फ्ल्यास
मंसिर २८, २०७७

ADVERTISEMENT

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सकिएको छ ।

नेकपा नेता तथा पूर्वसांसद कमानसिंह लामाको निधनमा शोक प्रस्ताव पारित गर्दै नेकपा बैठक स्थगित गरिएको हो । 

बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले उनको निधनमा शोक प्रस्ताव गर्दै बैठक आगामी पुस १ गतेसम्मका लागि स्थगित गरिएको जानकारी दिए । 

आजको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली पनि सहभागी रहे ।

गत मंसिर २१ गते सुरु भएको स्थायी समिति बैठकको पहिलो दिन प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली अनुपस्थित भएका थिए ।

अर्को बैठकदेखि मात्रै ओली र प्रचण्डको प्रस्तावमाथि छलफल हुने बताइएको छ । 


कस्तो लाग्यो ?

यो पनि