जेठ ०३, २०८१, बिहीबार
               

नेकपा स्थायी कमिटी बैठक बालुवाटारमै बस्ने

नेपाल फ्ल्यास
मंसिर २८, २०७७

ADVERTISEMENT

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आज (आइतबार) बस्ने स्थायी कमिटी बैठक पार्टी कार्यालय धुम्बाराहीमा नबस्ने भएको छ ।

यसअघि धुम्बाराहीस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्ने भनिएको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुबाटारमा बस्ने भएको छ ।

नेकपा महासचिव विष्णु पौडेलले भने, ‘पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा हुने भनिएको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा राखिने भएको छ ।’ 

यसअघि बालुवाटारमै बैठक बसे आजको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली सहभागी हुने एक नेताले जानकारी दिएका थिए । 

आजको स्थायी कमिटी बैठक दिउँसो १ बजे बालुवाटारमा बस्नेछ ।


कस्तो लाग्यो ?

यो पनि