जेठ ०४, २०८१, शुक्रबार
               

बालुवाटारमै बैठक बसे ओली सहभागी हुने, धुम्बाराही नजानुको यस्तो छ कारण

नेपाल फ्ल्यास
मंसिर २८, २०७७

ADVERTISEMENT

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज बस्दैछ ।

यसअघि मंसिर २१ गते पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठक २८ गते बैठक बस्ने गरी टुंगिएको थियो ।

यसैबीच, आजको बैठक पनि पार्टी कार्यालयमा राखिए उक्त बैठकमा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली सहभागी नहुने भएका छन् ।

तर बालुवाटारमा बैठक राखिए प्रधानमन्त्री ओली सहभागी हुने बताइएको छ ।

चिकित्सकको सुझावअनुसार प्रधानमन्त्री ओलीको स्वास्थ्यलाई मध्यनजर गर्दै बालुवाटारमै बैठक राख्नुपर्नेमा जोड दिइएको हो ।

बालुवाटारमा बैठक राखिए अध्यक्ष तथा प्रधानमन्त्री ओली पनि सहभागी हुने एक स्थायी कमिटी सदस्यले नेपालफ्ल्यासलाई जानकारी दिए ।

विभिन्न आरोप लगाइएका प्रस्तावमा नभई पार्टीको आन्तरिक समस्याबारे बैठकमा छलफल हुने भएपछि ओली बैठकमा सहभागी हुन सकारात्मक देखिएको ती नेताले जानकारी दिए ।

मंसिर २१ गतेकाे स्थायी कमिटी बैठकले आजको बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा राख्ने निर्णय गरेको थियो ।


कस्तो लाग्यो ?

यो पनि