जेठ ०४, २०८१, शुक्रबार
               

महासचिव पौडेल भन्छन्, 'प्रधानमन्त्री बैठकमा आउनुहुन्छ'

नेपाल फ्ल्यास
मंसिर २८, २०७७

ADVERTISEMENT

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज (आइतबार) दिउँसो पार्टी कार्यालय धुम्बाराहीमा बस्दैछ ।

यसअघि मंसिर २१ गतेको स्थायी कमिटी बैठकमा सहभागी नभएका प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली आजको बैठकमा सहभागी होलान् कि नहोलान् भन्ने चर्चा सुरु भएको छ ।

यसैबीच, पार्टी महासचिव विष्णु पौडेलको कुरा मान्ने हो भने, आजको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री ओली पनि सहभागी हुनेछन् ।

पौडेलले भने, ‘आइतबार स्थायी कमिटी बैठक बस्छ र प्रधानमन्त्रीज्यू पनि बैठकमा सहभागी हुनुहुन्छ ।’

मंसिर २१ गते पार्टी कार्यालय धुम्बाराहीमै बसेको बैठकमा ओलीले दुईपन्ने पत्र पठाएर आफू अनुपस्थित भएका थिए । 

उक्त बैठक मंसिर २१ गते केही समय बसेर २८ गते बस्ने गरी टुंगिएको थियो ।

२१ गतेको बैठकमा पनि प्रधानमन्त्री ओली सहभागी हुने भनिएको थियो । तर, अन्तिम समयमा उनी बैठकमा गएका थिएनन् ।

यो पनि