जेठ ०३, २०८१, बिहीबार
               

आज नेकपाको स्थायी कमिटी बैठक, ओली सहभागी नहुने संकेत

नेपाल फ्ल्यास
मंसिर २८, २०७७

ADVERTISEMENT

काठमाडौं । आज दिउँसो पार्टी कार्यालय धुम्बाराहीमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक बस्ने भएको छ । तर, यस बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी  नहुने संकेत देखिएको छ ।

गत मंसिर २१ गते बसेको स्थायी कमिटी बैठकमा पनि प्रधानमन्त्री ओली सहभागी भएका थिएनन् । उक्त बैठकमा प्रधानमन्त्री ओलीले बैठकमा पत्र पठाएर अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिवेदन फिर्ता नलिएसम्म बैठकमा सहभागी नहुने बताएका थिए ।

तर, प्रम ओली सहभागी नभए पनि अध्यक्ष दाहाल र वरिष्ठ नेता नेपालले भने आजको बैठक अघि बढाउने तयारी गरेको नेकपा स्रोतले जनाएको छ ।

 यस बैठकमा यसभन्दा अगाडि पेश गरिएका ओली र दाहालका दुवै  प्रतिवेदनमाथि छलफल हुने बुझिएको छ । नेकपाको विधानमा दुवै अध्यक्षको सहमतिमा महासचिवले बैठक बोलाउने र एजेण्डा तय गर्नुपर्ने उल्लेख गरिएको छ । 


कस्तो लाग्यो ?

यो पनि