जेठ ०२, २०८१, बुधबार
               

कांग्रेसले तीन दिन केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालय पार्टीको झण्डा आधा झुकाउने

नेपाल फ्ल्यास
मंसिर २७, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसले तीन दिन (२६, २७ र २८ गते) सम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

सभापित देउवाको अध्यक्षतामा सानेपामा आकस्मिक रुपमा बसेको आकस्मिक रुपमा बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले सो निर्णय गरेको हो ।

बैठकले नेपाली कांग्रेसले पूर्वकेन्द्रीय सदस्य एवं प्रजातन्त्र सेनानी श्यामलाल श्रेष्ठको निधनप्रति दुःख व्यक्त गर्दै  सो निर्णय गरेको छ । बैठकको निर्णयअनुसार मंसिर २८ गते आइतबारका दिन केन्द्र तथा जिल्लाका सबै कार्यालयहरु बन्द  हुनेछन् । 

काठमाडौं जिल्लाका पूर्व सभापति एवम् कांग्रेस महाधिवेशन प्रतिनिधि श्यामलाल श्रेष्ठको मंसिर २६ गते ८० वर्षको उमेरमा निधन भएको थियो ।

उनको निधनबाट नेपाली कांग्रेस स्तब्ध र मर्माहत भएको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ । ‘उहाँको निधनबाट पार्टीले प्रजातन्त्रका एक अथक योद्धालाई गुमाएको छ,’ बैठकपछि कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।


कस्तो लाग्यो ?

यो पनि