जेठ ०२, २०८१, बुधबार
               

आकस्मिक रुपमा कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

नेपाल फ्ल्यास
मंसिर २७, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय समितिको आकस्मिक बैठक डाकेको छ । एक स्रोतका अनुसार पार्टीका पूर्वकेन्द्रीय सदस्य तथा महाधिवेशन प्रतिनिधि एवं प्रजातन्त्र सेनानी श्यामलाल श्रेष्ठको निधनमा शोकप्रस्ताव पारित गर्न सो डाकिएको हो । 

मस्तिष्कमा रक्तश्राव भई काठमाडौँ मोडेल अस्पतालमा उपचारका क्रममा ८० वर्षको उमेरमा श्रेष्ठको शुक्रबार निधन भएको थियो ।

उनको शवमा पार्टीको झण्डा ओडाएर शोक प्रस्ताव पारित गर्दै बैठक समापन हुने बताइएको छ । 

स्व.श्रेष्ठप्रति सम्मान प्रकट गर्दै कांग्रेसले यही मङ्सिर २६, २७ र २८ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरिसकेको छ ।

यो पनि