जेठ ०२, २०८१, बुधबार
               

बिहान १० बजे कांग्रेसको आकस्मिक केन्द्रीय बैठक बस्दै

नेपाल फ्ल्यास
मंसिर २७, २०७७

ADVERTISEMENT

काठमाडौं । आज बिहान १० बजे नेपाली कांग्रेसको आकस्मिक केन्द्रीय समिति बैठक बस्ने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी कार्यालय सानेपामा आकस्मिक बैठक बोलाएको स्रोतले जनाएको छ ।

सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शुक्रबार साँझ संवैधानिक निकायमा नियुक्तिबारे छलफल गरेका थिए । हिँजो भएको छलफलमा प्रधानमन्त्री ओलीले पार्टीमा विवाद चर्किएकाले पार्टी भित्रैबाट असहयोग हुने भन्दै देउवालाई सहयोग गर्न आग्रह गरेको बुझिएको छ । 

नेकपा पार्टी भित्रको विवादका कारण संवैधानिक निकायमा नियुक्तिको विषयमा असहयोग हुने भन्दै सहयोग गर्न सभापति देउवालाई प्रधानमन्त्री ओलीले आग्रह गरेको कांग्रेस स्रोतको भनाइ छ ।

प्रधानमन्त्री ओलीको आग्रहपछि यस विषयमा पार्टीमा छलफल गरेर निर्णय लिने भनेर देउवा निस्किएको  सभापति देउवाको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले नेकपाकै कार्यकारी अध्यक्ष पुश्पकमल दाहाल 'प्रचण्ड' सँग परामर्श नगरी आइतबार बिहान ९ बजेको लागि संवैधानिक परिषदको बैठक बोलाएका छन् । देउवाले शुक्रबार साँझ प्रधानमन्त्रीसँगको भेटमा भोलि शनिबार नै केन्द्रीय समितिको बैठक राखेर केही निर्णय सुनाउने प्रतिवद्धता जनाएका थिए ।


कस्तो लाग्यो ?

यो पनि