जेठ ०२, २०८१, बुधबार
               

प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता

नेपाल फ्ल्यास
मंसिर २६, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओेली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सभापति शेबहादुर देउवाबीच भेटवार्ता भएको छ ।उनीहरुबीच शुक्रबार साँझा प्रधानमन्त्रीको सरकारी निवास बालुटारमा भएको हो । 

भेटवार्तामा प्रधानमन्त्री ओलीको तर्फबाट नेकपा संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङ र कांग्रेसको तर्फबाट केन्द्री सदस्य रमेश लेखक सहभागी थिए ।

लामो समयदेखि रिक्त संवैधानिक निकायहरूका अध्यक्ष तथा सदस्यको नियुक्तिका सन्दर्भमा छलफल गर्न आइतबार बिहान नौ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा संवैधानिक परिषदको बैठक बस्दै छ। आज  भएको भेटवार्ता यसै विषयमा केन्द्रित भएको बताइएको छ ।

एक स्रोतका अनुसार भोलि शनिबार प्रधानमन्त्री ओली र सभापति देउवाले आन्तरिक गृहकार्य गर्नेछ । स्रोतले भन्यो । सो स्रोतका अनुसार प्रधानमन्त्री ओलीले पर्सी मैले बैठक डाक्न प्रस्ताव गरेका छन् । सो स्रोतले भन्यो, ‘ प्रधानमन्त्री ओलीले भन्नुभयो अब बैठक बसी हालौँ । सरसल्लाह गरेर सहमतिमै निर्णय गरौँ  ।’ 

त्यसको जवाफमा सभापति देउवाले हामी सहमतिमै निर्णय गर्ने कुरामा तयार छौँ । छलफल गरेर निर्णय गरौँ भनेका थिए । 'पर्सीको बैठकबाट निर्णय हुने सम्भावना भने न्यून छ । स्रोत भन्यो नेकपाभित्रको समस्या कुन रुपले अगाडि बढ्छ निर्णय हुने कुरा त्यसमा भरपर्छ,’ स्रोतले भन्यो ।

यो पनि