जेठ ०२, २०८१, बुधबार
               

नेकपा विवाद : बहुमतबाट छिनोफानो हुने संकेत
प्रचण्डलाई सहमति भन्दै अल्झाउँदै, नेपाललाई पदको लोभ देखाउँदै

ADVERTISEMENT

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद बहुमतबाट छिनोफानो हुनेतर्फ अघि बढेको छ । दुई दिनपछि बस्ने स्थायी कमिटीको बैठकमा बहुमत अल्पमतबाट विवाद विषय टुङ्गो लाग्ने देखिएको छ ।

यसअघि गत आइतबार नेकपा स्थायी कमिटी बैठक बसेको थियो । बैठकमा प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली सहभागी भएनन् । उनी निकटका नेताहरूले सहमतिका लागि पहल गर्न भन्दै १० दिनको समय मागेका थिए । सात दिनको समय दिएर स्थायी समिति बैठक स्थगित भएको छ । सो समय आइतबार सकिँदै छ। पुस ५ मा केन्द्रीय कमिटी बोलाइएको छ । 

अहिलेसम्म पाँच दिनको समय बित्दा दुई अध्यक्ष ओली र कार्यकारी अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड)बीच संवाद भए पनि सहमति हुन सकेको छैन । पार्टीभित्रको विवाद उत्कर्षमा रहँदा ओली अहिलेसम्म आफ्नो पुरानै अडानमा अडिग छन् ।

उनलाई प्रधानमन्त्री र पार्टी अध्यक्षमध्ये कुनै एक पदबाट राजीनामा दिन दबाब छ । त्यसैले दुई अध्यक्षबीच भएको भेटघाटले सकारात्मक परिणाम निकाल्न सकेन । प्रचण्ड र वरिष्ठ नेता नेपाल ओली इतर पक्षमा छन् । प्रचण्ड ओली पक्ष मिल्दा बहुमत पुग्ने हुँदा ओलीले आफ्नो प्रस्ताव नमाने बहुमतबाट निर्णय गर्ने पक्षमा उनीहरू रहेको नेकपाका नेताहरू बताउँछन् ।

सकेसम्म स्थायी कमिटी बैठकबाट दुवै अध्यक्षका दस्ताबेजलाई मिलाएर साझा प्रस्ताव बनाउने प्रधानमन्त्री ओली पक्षधरको योजना छ । यस्तै उनीहरू वैशाख यता नेकपामा देखिएको विवाद र समाधानका लागि भदौ २६ को सहमति कार्यान्वयन गराउन दौडधुपमा छन् । तर, प्रचण्ड–नेपाल समूह भने पुराना सहमति मात्रै पालना गरेर समस्याको समाधान नहुने बताउँदै आएका छन् ।

एक स्थायी कमिटी सदस्य भन्छन् ‘प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष भने ‘वारपार’ कै मनस्थितिमा छन् । उनीहरू ओली पक्षलाई बहुमतको निर्णय मान्न बाध्य पार्ने तयारीमा देखिएका छन् ।’

संवाद भयो, सहमति भएन 

यसबीचमा संवाद जारी भए पनि सहमति भने भएन । पछिल्ला पाँच दिनमा प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच एक पटक मात्रै भेटघाट भएको छ । दोस्रो तहका नेताहरूबीच पनि विवाद मिलाउनेतर्फ खासै छलफल हुन सकेको छैन ।

सहमतिका धेरै विकल्पमाथि अहिले छलफल भइरहेको भए पनि ठोस सहमति भने भइनसेको नेताहरू बताउँछन् । ओली निकट नेकपा संसदीय दलका उप–नेता सुवास नेम्वाङ समस्या समाधानका लागि छलफल भइरहेको भए पनि प्रगति उन्मुख भइनसकेको बताउँछन् ।

उनी भन्छन् ‘यो विषयमा सहमति हुन्छ की त्यो विषयमा हुन्छ कि भनेर कुराकानी त भइरहेको छ । तर ठ्याकै यसैमा भन्ने भइसकेको छैन । सहमतिका लागि दुई अध्यक्ष नै लचिलो हुनुपर्ने छ । दुबै जना आफ्नो अडानमा रहे सहमति नै हुन सक्दैन ।’ 

प्रचण्डलाई सहमति भन्दै अल्झाउँदै, नेपाललाई पदको लोभ देखाउँदै

स्थायी कमिटी बैठक बस्ने समय आउन यो समाचार प्रकाशित भएको समाचार अनुसार ४० घण्टा पनि छैन । तर ओली पक्षका नेताहरूले प्रचण्डलाई सहमति भन्दै अल्झाइरहेका छन् ।

त्यसका लागि प्रधानमन्त्रीले प्रचण्ड र नेपाल दुबैलाई आफूसँग मिल्न भनिरहेका छन् । आफूपछिको नेतृत्वका लागि तयार हुन समेत दुबैलाई आश्वासन दिइरहेका छन् । ओलीले वरिष्ठ नेता नेपाललाई भेट्न आफूनिकट नेताहरू खटाएका छन् । प्रचण्डसँग आफैँले छलफल गरिरहेका छन् । आफूनिकट नेताहरूलाई पनि छलफल गर्न लगाइरहेका छन् ।

जवाफमा प्रचण्डले आफूलाई पटक पटक धोका दिइसकेको भन्दै ओलीसँग गठबन्धन नहुने स्पष्ट पारिसकेका छन् । यता नेता नेपालले पनि ओलीले आफूसँग पटक पटक बेइमानी गरेको भन्दै अब विश्वास नरहेको बताइसकेका छन् । नेता नेपाल र प्रचण्डले उधारो सम्झौता नै नगर्ने बटम लाइन बनाएपछि प्रचण्ड–नेपाल समूहको गठबन्धन नटुट्ने देखिन्छ ।

प्रचण्ड निकट एक नेताले भने ‘प्रधानमन्त्री ज्यूले दुबैपक्षसँग एकै किसिमका सम्झौता गर्न खोज्नुभएको देखियो । तर यस पटक उहाँ सफल हुने देखिन्छ ।’

पत्रकार पुडासैनी राजनीति एवं समसामयिक क्षेत्रमा कलम चलाउँछन् ।

कस्तो लाग्यो ?

यो पनि