जेठ ०२, २०८१, बुधबार
               

हत्यारालाई सत्तामा पुर्‍याउँदा दण्डहीनता मौलायो

नेपाल फ्ल्यास
मंसिर २६, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले हत्याराहरूलाई नै जनताले भोट दिएर सत्तामा पुर्‍याउँदा मुलुकमा दण्डहीनता मौलाएको बताएका छन् । 

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मोरङको मिक्लाजुङमा शिक्षकको हत्या गरेको घटनाप्रति सामाजिक सञ्जाल फेसबुकमार्फर्त टिप्पणी गर्दै उनले यस्तो बताएका हुन् । यसका अलवा उनले व्यक्ति हत्या गर्नेलाई ‘क्रान्ति’ भन्ने प्रवृत्तिको विरोध गर्नुपर्ने उनको भनाइ छ । 

‘जहाँ व्यक्ति हत्यालाई क्रान्ति भनिन्छ र तिनै हत्याराहरूलाई क्रान्तिकारी ठानेर मतदान गरि सत्तामा पु¥याइन्छ, त्यही सत्ता दण्डहीनतालाई प्रोत्साहित गर्दछ,’ कांग्रेस नेता पाण्डेले प्रश्न गरेका छन्, ‘त्यस्तो सत्ता र समाजबाट हत्या, हिंसाको अन्त्य कसरी होला र ?’

२३ मंसिरमा विप्लव नेतृत्वको नेकपाले मिक्लाजुङ गाउँपालिकाका–१ स्थित सरस्वती आधारभूत स्कुलका प्रधानाध्यापक ५४ वर्षीय राजेन्द्र श्रेष्ठको हत्या गरेको थियो ।


कस्तो लाग्यो ?

यो पनि