जेठ ०३, २०८१, बिहीबार
               

मेट्रोमा एआइजी पालको सरुवा, अपराध अनुसन्धान विभागमा विश्वराजको पदस्थापन

नेपाल फ्ल्यास
मंसिर २५, २०७७

ADVERTISEMENT

सरकारले बढुवासँगै प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलको पदस्थापन गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पोखरेललाई अपराध अनुसन्धान विभागमा सरुवा गरेको हो । 

मन्त्रिपरिषदले पोखरेल कार्यरत महानगरीय प्रहरी कार्यालय रानीपोखरी (मेट्रो)मा एआइजी हरिबहादुर पालको सरुवा गरेको छ । पाल अपराध अनुसन्धान विभागमा कार्यरत थिए । 

बढुवा भएका पोखरेललाई अपराध अनुसन्धान विभाग र पाललाई पोखरेलको ठाउँमा सरुवा गरिएको हो । 

रानीपोखरीमा प्रहरी नायब महानिरीक्षक (डिआइजी) को दरबन्दी कायम रहँदै आएकोमा अब एआइजी राख्ने निर्णय सरकारले गरेको हो । 

हालै मात्र संगठन संरचना तथा व्यवस्थापन (ओएन्डएम) स्वीकृत गर्दै सरकारले एक जना एआइजीको दरबन्दी थप्ने निर्णय गरेको थियो । सो दरबन्दीमा डिआइजी पोखरेललाई बढुवा गर्ने निर्णय बढुवा समितिले गरेको थियो । 

ओएन्डएम अनुसार अब मेट्रो प्रहरीको अवधारणा हट्छ। त्यसको ठाउँमा संघीय राजधानी प्रहरी हुन्छ ।

नयाँ ओएन्डएममा काठमाडौं उपत्यकाको सुरक्षा संघीय राजधानी प्रहरी मातहत रहन्छ । 

नेपाल प्रहरीमा तीन एआइजी दरबन्दी रहँदै आएकोमा ओएन्डएममार्फत सरकारले थप एक एआइजी दरबन्दी थपेको हो ।

यो पनि