बैशाख १४, २०८१, शुक्रबार
               

राजसंस्थाको माग गर्दै राप्रपा धादिङद्वारा प्रदर्शन

नेपाल फ्ल्यास
मंसिर २५, २०७७

ADVERTISEMENT

धादिङ । हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापनाको माग गर्दै राप्रपा धादिङले सदरमुकाम धादिङबेसीमा प्रदर्शन गरेको छ । 

प्रदर्शनपछि भएको सभामा राप्रपा नेताहरू डम्बर तामाङ, ज्ञानबहादुर सिंह ठकुरी र ध्रुव ध्रुव खनालले सम्बोधन गरेका छन् । उनीहरूले मुलुकलाई जोगाउन राजसंस्था र हिन्दु राष्ट्र अपरिहार्य भएको जनाए ।

हिन्दु राष्ट्रलगायतको मुद्दा स्थापित गराउन भनिएको प्रदर्शनमा क्रिश्चियन अगुवाहरूसमेत सहभागी भएको राप्रपा नेतृ सरस्वती लामाले जानकारी दिइन् । क्रिश्चियन अगुवासमेत रहेका राप्रपा धादिङका उपाध्यक्ष दिलबहादुर तामाङ र धादिङ २ को राप्रपा क्षेत्रीय अध्यक्ष रामबहादुर तामाङसमेत प्रदर्शनमा सक्रिय सहभागी भएका थिए । 

त्यसैगरी क्रिश्चियन धर्मका अगुवासमेत रहेका रुबी भ्याली गाउँपालिका ६ का वडाध्यक्ष नरमान गुरुङ र पास्टर हरि लामालगायत दर्जनौँ क्रिश्चियन धर्मावलम्बीले राजा र हिन्दु राष्ट्रको माग गर्दै प्रदर्शन गरेका छन् ।

धादिङ राप्रपाका प्रभावशाली नेताद्वय बुद्धिमान तामाङ र ठाकुर शर्माको गृह जिल्ला हो । पछिल्लो समयमा देशभर राजसंस्थाको पक्षमा प्रदर्शन हुँदै आएको छ । त्यसक्रममा राप्रपाको नेतृत्व तह भने समावेश भइसकेको छैन । तर राप्रपाले यस्ता प्रदर्शनहरूमा आफ्नो नैतिक समर्थन रहेको जनाएको छ ।

 


कस्तो लाग्यो ?

यो पनि