बैशाख २७, २०८१, बिहीबार
               

साझा पार्टी र विवेकशील नेपाली दलबीच पुन:एकता

नेपाल फ्ल्यास
मंसिर २४, २०७७

ADVERTISEMENT

काठमाडौं । साझा पार्टी र विवेकशील नेपाली दलबीच एकता भएको छ ।

अलग भएको २२ महिनापछि दुवै दलका संयोजक रविन्द्र मिश्र र विवेकशीलका मिलन पाण्डेले पार्टी एकताको सहमति पत्रमा हस्ताक्षर भएसँगै दुई पार्टीबीच एकता भएको हो । दुवै पार्टी एकीकरण भएसँगै अब सो पार्टीको नाम विवेकशील साझा पार्टी हुने भएको छ भने  चुनाव चिन्ह तराजु रहनेछ ।

१३० सदस्यीय केन्द्रीय समितिमा दुवै पक्षबाट ६५/६५ जना रहने एकीकृत पार्टीको अध्यक्षमा मिश्र र संयोजकमा पाण्डे छन् । केन्द्रीय समितिको पहिलो बैठकले दुवै पक्षबाट १३/१३ जना रहने गरी २६ सदस्यीय केन्द्रीय सचिवालय गठन गरेको छ ।

एकीकृत पार्टीका संरचनाहरु गठन, पुनर्गठन र समायोजनको काम दुई महिनामा सक्ने र ६ महिनाभित्र एकता महाधिवेशन गर्ने एकता घोषणापत्रमा उल्लेख छ ।

२०७४ साउन ११ मा तत्कालीन दुई पार्टीको एकता भएको थियो भने २७ पुस २०७५ मा फुट भएको थियो । 

यो पनि