बैशाख ३०, २०८१, आइतबार
               

बिहान ११ बजे बालुवाटारमा सर्वदलीय बैठक बस्दै

नेपाल फ्ल्यास
मंसिर २३, २०७७

ADVERTISEMENT

काठमाडौं । बालुवाटारमा आज बिहान ११ बजे सर्वदलीय बैठक बस्ने भएको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आज सर्वदलीय बैठक बोलाएका हुन् ।

उक्त बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका नेताहरूलाई निमन्त्रणा गरिएको र विभिन्न विषयमा छलफल हुने प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य बहादुर थापाले जानकारी दिए । 

उनका अनुसार राजतन्त्र पक्षधरको प्रदर्शनका विषयमा पनि छलफल हुने भएको छ । त्यस्तै, संघीय लोकतान्त्रिक गणतन्त्रप्रति राजनीतिक दल एकताबद्ध रहेको सन्देश दिने उद्देश्यले यो बैठक बोलाइएको सल्लाहकार थापाले बताए । यस बैठकमा सबै दलका वरिष्ठ नेताहरु सहभागी हुने उनको भनाइ छ ।


कस्तो लाग्यो ?

यो पनि