जेठ ०८, २०८१, मंगलबार
               

सभापति देउवाद्वारा पूर्व गृहमन्त्री स्वाँरको निधनप्रति दुःख व्यक्त

नेपाल फ्ल्यास
मंसिर १९, २०७७

ADVERTISEMENT

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पूर्व केन्द्रीय आमन्त्रित सदस्य एवं पूर्वगृहमन्त्री नयनबहादुर स्वाँरको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

पूर्वगृहमन्त्री स्वाँरको यही मङ्सिर १७ गते काठमाडौँमा ९४ वर्षको उमेरमा निधन भएको हो ।

सभापति देउवाले आज शोक वक्तव्यमार्फत स्वाँरको निधनप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट समवेदना प्रकट गरेका छन् ।

पिता हर्कजङ्गबहादुर स्वाँर र माता कौशिल्यादेवी स्वाँरको सन्ततीको रुपमा विसं १९८४ मङ्सिर ९ गते जन्मिएका स्वाँरले विसं २००६ मा सर्वमान्य नेता गणेशमान सिंहबाट नेपाली राष्ट्रिय काँग्रेसको सदस्यता लिएका थिए ।

स्वाँरका चार छोरी र दुई छोरा छन् । 


कस्तो लाग्यो ?

यो पनि