काठमाडाैं । नेपाली कांग्रेसले मंसिर २९ गते देशैभर प्रदर्शन गर्ने निर्णय गरेको छ । आज बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको हो ।
पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि बुधवार प्रशासनले गरेको दुर्व्यवहारका बारेमा छलफल गर्न बसेको पदाधिकारी बैठकले सरकारविरुद्ध आन्दोलन गर्ने निष्कर्ष निकालेको हो ।
कांग्रेस सह-महामन्त्री प्रकाशशरण महतले देशव्यापी रूपमा बढेको भ्रष्टाचार, कोरोनाको असफल व्यवस्थापन र ठाउँ-ठाउँमा भइरहेका दमनका विरुद्धमा कांग्रेस सडकमा आउने जानकारी दिए । कांग्रेस बैठकले संघीय संसदको अधिवेशन छिटो बोलाउन पनि सरकारको ध्यानाकर्षण गराएको छ ।