चैत १६, २०८०, शुक्रबार
               

रामचन्द्र पौडेलले गरे पुल उद्घाटन

नेपाल फ्ल्यास
मंसिर १८, २०७७

ADVERTISEMENT

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आज (बिहीबार) तनहुँ ब्यास नगरपालिकाको बुल्दीखोलाको पुल उद्घाटन गरेका छन् । 

यसअघि हिजो (बुधबार) पुल उद्घाटन गर्न नपाएपछि पौडेलले आज पुल उद्घाटन गरेका हुन् । 

कांग्रेसका सयौं कार्यकर्तासहित नेता पौडेल आज पुल उद्घाटन गर्न पुगेका थिए ।

बुधबार जिल्ला प्रशासन कार्यालयले पुल क्षेत्रमा निषेधाज्ञा जारी गरी पौडेललाई पुल उद्घाटन गर्न नजान आग्रह गरेको थियो । 

तर पौडेल पुल उद्घाटन गर्न जाँदा नियन्त्रणमा लिई तीन घण्टापछि छाडेको थियो ।

तर आज भने उक्त पुल उद्घाटनमा प्रशासनले कुनै अवरोध गरेन ।


कस्तो लाग्यो ?

यो पनि