जेठ ०४, २०८१, शुक्रबार
               

वरिष्ठ नेता पौडेल प्रहरी नियन्त्रणमा

नेपाल फ्ल्यास
मंसिर १७, २०७७

ADVERTISEMENT

नेपाली कांग्रेसका वरिष्ठ नेतालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पुल उट्घाटनका लागि गृहजिल्ला तनहुँ पुगेका पौडेललाई प्रहरीले नियन्त्रणमा नेता पौडेल आफैँले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । 

तनहुँको ब्यासमा मोटरेवल पुल उद्घाटनको विषयलाई लिएर नेपाली कांग्रेस र नेकपाका कार्यकर्ताबीच विवाद बढेको थियो । तनाव बढ्दै गएपछि प्रहरीले कांग्रेस वरिष्ठ नेता पौडेललाई नियन्त्रणमा लिएको हो । 

पुल उद्घाटनको विषयलाई लिएर सत्तारुढ नेकपाका कार्यकर्ताले विरोध गरेपछि दमौली बजारमा मध्यान्ह १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको थियो । निषेधाज्ञा तोड्दै नेता पौडेल पुल उद्घाटनमा जान खोजेपछि नियन्त्रणमा लिएको तनहुँ प्रहरीले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि