कात्तिक १६, २०८१, शुक्रबार
               

'सुरक्षा थ्रेट'को कारण देखाउँदै प्रधानमन्त्री ओली धुम्बाराही गएनन्

नेपाल फ्ल्यास
मंसिर १६, २०७७

ADVERTISEMENT

काठमाडौं । सुरक्षा खतरा (थ्रेट) रहेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली पार्टी केन्द्रीय कार्यालय जान अस्वीकार गरेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटार सारिएको छ ।

सुरक्षा निकायहरुले धुम्बाराहीस्थित पार्टी कार्यालय सुरक्षाको जोखिम रहेको सूचना दिएको भन्दै प्रधानमन्त्री ओलीले महासचिव विष्णु पौडेलमार्फत कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समक्ष जानकारी पठाएका थिए ।

सुरक्षाका निकायहरुले धुम्बाहारीमा सुरक्षा जोखिम रहेको भन्ने सूचना प्रधानमन्त्रीलाई दिएको र महासचिव पौडेल सो कुरा कार्यकारी अध्यक्ष प्रचण्डलाई जानकारी गराएपछि बैठक धुम्बाराहीबाट बालुवाटार सारिएको एक सचिवालय सदस्यले जानकारी दिए ।

मंसिर १३ गते बालुवाटारमा बसेको सचिवालय बैठकले मंगलबार धुम्बाराहीमा बैठक राख्ने निर्णय गरेको थियो ।


कस्तो लाग्यो ?

यो पनि