जेठ ०५, २०८१, शनिबार
               

आज नेकपा बैठक : कस्तो आउला प्रचण्डलाई ओलीको काउन्टर जवाफ ?

नेपाल फ्ल्यास
मंसिर १३, २०७७

ADVERTISEMENT

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज (शनिबार) बस्दैछ ।

दिउँसो १ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रस्ताव पेस गर्ने कार्यसूची छ ।

पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गत कात्तिक २८ गते प्रस्तुत गरेको प्रस्ताव र ओलीमाथि लगाएका गम्भीर आरोपको खण्डन गर्दै ओलीले आफ्नो प्रस्ताव पेस गर्न लागेकाले आजको बैठकलाई चासोको रुपमा हेरिएको छ ।

ओलीले १० दिन लगाएर यो प्रस्ताव तयार गरेका हुन् । ३ मंसिरमा बसेको सचिवालय बैठकमा आफूमाथि प्रचण्डले लगाएका आरोपको जवाफ लेख्न ओलीले १० दिनको समय मागेका थिए ।

प्रधानमन्त्री ओलीको जवाफ तयार भइसकेको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । प्रधानमन्त्रीको प्रस्तावमा के-के विषय समेटिएका छन् त्याे भने अहिले भन्न नमिल्ने थापाले बताए ।

ओलीले प्रचण्डले उठाएका राजनीतिक र व्यक्तिगत दुवै प्रश्नको उत्तर दिने गरी प्रस्ताव तयार गरेको बालुवाटार स्रोतले जनाएको छ ।

यसअघिको बैठकमा अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनलाई ‘आरोप पत्र’को संज्ञा दिँदै ओलीले फिर्ता गर्नुपर्ने बताएका थिए । उनले आफूमाथि आफ्नो राजनीतिक जीवनकालमै गम्भीर आँच आउनेगरी प्रतिवेदन आएको भन्दै यदि ती आरोप पुष्टि भए एकैठाउँ बस्न नसक्ने (मंसिर ३ को बैठकमा) बताइसकेका छन् । 

यता मंसिर ३ गतेपछि अध्यक्ष प्रचण्डलाई प्रतिवेदन फिर्ता गर्न ओलीका तर्फबाट नेताहरूले पटक पटक आग्रह गरे पनि उनले कुनै पनि हालतमा प्रतिवेदन फिर्ता नहुने बताउँदै आएका छन् । 

पछिल्लो पटक प्रचण्डले सो प्रतिवेदनसहित नेकपा बैठकमा नेताहरूबीच चलेको पत्रको सवालजबाफ समेत समेटेर पुस्तकको रुपमा छपाएर तल्ला कमिटीमा वितरण गरेका थिए । त्यसपछि ओली पक्ष झनै चिढिन पुगेको छ ।

पछिल्लो समय मन्त्रिपरिषद्मा हेरफेर, राजदूतहरुको नियुक्ति, पार्टीको कर्णाली प्रदेशमा देखिएको विवाद, तराईका केही जिल्लामा कार्यकर्ताबीच भएका झडप, ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयलसँग गरेको भेटवार्ता लगायतका विषयमा नेकपामा तीव्र विवाद छ ।

यो पनि