बैशाख २५, २०८१, मंगलबार
               

नेपाल-भारत विदेश सचिवस्तरीय बैठक सुरु

नेपाल फ्ल्यास
मंसिर ११, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल-भारत विदेश सचिवस्तरीय बैठक सुरु भएको छ । 

दरबारमार्गस्थित याक एण्ड यति होटलमा बैठक चलिरहेको छ ।

बैठकमा नेपालको नेतृत्व परराष्ट्र सचिव भरतराज पौड्यालले गरेका छन् । 

भारतको तर्फबाट विदेशसचिव हर्षबर्द्धन श्रृंगला सहभागी छन् । 

भारतीय विदेशसचिव श्रृंगला आज बिहान काठमाडौं आइपुगेका हुन् । 

बैठकमा नेपाल-भारत द्विपक्षीय सम्बन्धका सबै मुद्दाहरूमा छलफल गरिने जनाइएको छ । 

त्यस्तै भारतसँगको सीमा विवाद, ईपीजी प्रतिवेदन पनि बैठकको मुख्य एजेण्डा रहेको बताइएको छ ।


कस्तो लाग्यो ?

यो पनि