कात्तिक ३०, २०८१, शुक्रबार
               

सीमा विवाद वार्ताको लागि भारतीय विदेश सचिव शृंगला आज नेपाल आउने

नेपाल फ्ल्यास
मंसिर ११, २०७७

ADVERTISEMENT

काठमाडौं । केहि महिना अघिबाट सुरु भएको नेपाल–भारत सीमा लिपुलेक, लिम्पियाधुरा र कालापानी विवादको विषयमा वार्ताको लागि आज भारतीय विदेश सचिव हर्षबर्धन शृंगला आज नेपाल आउने भएका छन् । 

उनी आज आएपछि नेपाल र भारतबीच उच्च कूटनीतिक तहमा १५ महिनापछि औपचारिक वार्ता हुने परराष्ट मन्त्रालयले जनाएको छ । उक्त वार्तामा परराष्ट्र सचिव भरतराज पौड्याल र भारतीय समकक्षी नेतृत्वका प्रतिनिधिमण्डल सहभागी हुने बताइएको छ ।

नेपाल–भारत दुवैले नयाँ नक्सा जारी गरेपछि सुरु भएको विवादबीच रोकिएको कूटनीतिक वार्ता पुनः सुरु गर्न लागिएको हो । आजको वार्तामा नेपालको तर्फबाट परराष्ट्र सचिव पौड्याल, परराष्ट्रको दक्षिण एसिया महाशाखाकाट प्रमुख यज्ञबहादुर हमालसहितका अधिकारी सहभागी हुने परराष्ट मन्त्रालयको भनाइ छ ।

विदेश सचिव शृंगलाको टोलीमा भारतीय विदेश मन्त्रालयको नेपाल र भुटान मामिला हेर्ने सहसचिव अरिन्दम बाग्ची, भारतीय राजदूत विनयमोहन क्वात्रा र भारतीय दूतावासका अधिकारीहरू रहने जनाइएको छ । भारतीय विदेश सचिव शृंगलाले आजै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीसँग पनि शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।

यसैगरी नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायत नेतासँग समेत शृंगलालको शिष्टाचार भेट हुने बताइएको छ । 


कस्तो लाग्यो ?

यो पनि