बैशाख २८, २०८१, शुक्रबार
               

शीर्षस्थ तहको लडाइँमा तटस्थ रहनाले पनि पार्टी एकतामा बल पुग्छ: मन्त्री भट्टराई

नेपाल फ्ल्यास
मंसिर ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । सँस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पार्टीलाई एक ढिक्का राख्न आफू मन्त्री पद छाड्न तयार रहेको बताएका छन् ।

नेकपा विवाद उत्कर्षमा पुगेका बेला पर्सा पुगेका मन्त्री भट्टराईले पार्टी कार्यालय वीरगञ्जमा नेता कार्यकर्ताहरुसँगको भेटमा यस्तो बताएका हुन् ।

‘सरकार पुनर्गठन गर्दा पार्टीभित्रको विवाद अन्त्य हुने अवस्था आए राजीनामा दिन तयार छु,’ सो भेटमा उनले भने, ‘तपाई हामी जेसुकै कुरा त्याग्न तयार हुनुपर्छ, आज पर्यटन मन्त्री छु, पार्टी एक हुनका लागि सरकार पुनर्गठन गर्नुपर्ने भो, मन्त्री पद छोडिदिनुस् भन्नुहुन्छ भने हामी छोडिहाल्छौं, राजीनामा दिऊँला ।’

यसका अलवा उनले के गर्दा पार्टी एकता बलियो हुन्छ त्यही गर्नुपर्ने उनको भनाइ छ । पार्टीभित्र कुनै जिम्मेवारी नमिलेको भए जिम्मेवारी बाँडफाँट गरेर मिलाउनुपर्ने उनले बताए । ‘त्यसो गर्दा सरकार स्थिर र बलियो हुन्छ,’ उनले भने । 

लडाइँको मुख्य केन्द्र टुप्पीतिर भएको बताउँदै उनले माथिल्लो तहमा अन्तर्विरोधमा आफूहरुले भाग नलिने बताए । ‘हामीलाई डन्डा हान्ने अधिकार छैन भने पनि तिम्रो लडाइँमा हामी भाग लिँदैनौँ है भन्न सकिन्छ,’उनले भने, ‘त्यति भन्दा मात्रै पनि पार्टीभित्रको अन्तर्विरोधमा कमी आउँछ, नेतृत्वले अन्तर्विरोधमा कसैले साथ दिएको छैन भन्ने बुझेपछि सहमति, समझदारीको कुरा शुरु गर्न थाल्दछन् ।’

 

यो पनि