जेठ ०२, २०८१, बुधबार
               

प्रधानमन्त्री ओलीद्वारा म्यान्मा र बहराइनका सरकार प्रमुखलाई बधाई

नेपाल फ्ल्यास
मंसिर ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले म्यान्मा र बहराइनका सरकार प्रमुखलाई बधाई दिएका छन् । 

प्रधानमन्त्री ओलीले गणतन्त्र म्यान्मा सङ्घका सल्लाहकार आङ सान सुची र बहराइन अधिराज्यका अधिराजकुमार सलमान बिन हमाद अल खलिफालाई बुधबार बेग्लाबेग्लै शुभकामना सन्देश पठाएर बधाई दिएका हुन् । 

म्यान्मारमा हालै भएको आमनिर्वाचनमा नेसनल लिग फर डेमोक्रेसी भारी बहुमतका विजयी भएकामा बधाई ज्ञापन गर्दै सन्देशमा प्रधानमन्त्री ओलीले निर्वाचन परिणामले नेतृ सुचीको सक्षम नेतृत्व र जनतामाझ उनीप्रतिको लोकप्रियतालाई प्रमाणित गरेको बताएका छन् ।

दुई वर्षअघि सुचीले सफलतापूर्वक गरेको नेपाल भ्रमणको स्मरण गर्दै उनले नेपाल र म्यान्माबीच विद्यमान निकटतम सांस्कृतिक सम्बन्ध एवम् मैत्री भविष्यमा अझ सुदृढ हुने विश्वास व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसैगरी, बहराइनका अधिराजकुमार त्यहाँको प्रधानमन्त्रीमा नियुक्त हुनुभएकामा बधाई ज्ञापन गर्दै प्रधानमन्त्री ओलीले पठाएको शुभकामना सन्देशमा सन् १९७७ मा नेपाल र बहराइनबीच कूटनीतिक सम्बन्ध स्थापना भएयता द्विपक्षीय सम्बध उत्कृष्ट रहेको बताएका छन् ।

 

यो पनि