बैशाख २०, २०८१, बिहीबार
               

‘आरोपको छिनोफानो नभएसम्म पार्टी एकता प्रक्रिया अघि बढ्दैन’

नेपाल फ्ल्यास
मंसिर ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । उपप्रधानमन्त्री तथा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता ईश्वर पोखरेलले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लगाएको तथ्यहिन, आधारहिन र पार्टी एकतामा घातक हुने उद्देश्यबाट प्रेरित आरोपलाई अस्वीकार गर्ने उद्घोषण गरेको बताएका छन् ।

बुधबार सचिवालयको सार भन्दै उपप्रधानमन्त्री पोखरेलले सामाजिक संजाल फेसबुकमा लेखेका छन्, ‘आफूमाथि लगाइएका तथ्यहीन, आधारहीन, पार्टी एकतामा गम्भीर आँच पुर्याउने मनसाय र उद्देश्यबाट प्रेरित आरोपहरुलाई आफूले अस्वीकार गर्ने र खारेज गर्ने उद्घोष गर्नुभएको छ, केपी शर्मा ओलीले सचिवालयको बैठकमा ।’

पोखरेलले त्यसको व्यवस्थित रूपमा खण्डन गर्ने कुराको समेत घोषणा गरेको बताउँदै आरोपहरुको छिनोफानो नगरी पार्टी एकताको प्रकृया अघि बढाउन सम्भव नहुने उल्लेख  गरेका छन् ।

‘यो गम्भीरतालाई पार्टी एकताको पक्षमा उभिनुभएका नेकपाका सबै तहका नेता, कार्यकर्ताहरूले बुझौँ र त्यसै अनुसार आफूलाई तयार बनाऔँ’, उनले कार्यकर्तालाई अनुरोध गरेका छन् ।

पछिल्लो केही समय अगाडिबाटै नेकपा पार्टी भित्रै विभिन्न विषयमा विवाद चुलिएर फुटको संघारमा पुगेको छ । कम्युनिष्ट पार्टीका आलोचना र आत्मालोचनालाई साङ्गठनिक विधिकै अङ्ग मानिए पनि पछिल्लो समयमा पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुश्पकमल दाहाल ‘प्रचण्ड’ बीचमा लिखित आरोप–प्रत्यारोप भएपछि एकता अझै फुटको संघारमा पुगेको हो । 

स्थिरता र समृद्धिका लागि जनमत प्राप्त नेकपाका शीर्ष नेताबीचको स्वार्थ र विवाद पटकपटक सार्वजनिक हुँदा नेता तथा कार्याकर्तामा निराशा, चिन्ता र आक्रोश उत्पन्न भइरहेको छ । 


कस्तो लाग्यो ?

यो पनि