जेठ ०६, २०८१, आइतबार
               

नेता नेपाल भन्छन् : समय व्यतितका लागि अलमल नगरियोस्

नेपाल फ्ल्यास
मंसिर ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई  समय मात्रै लिने र अलमल गर्ने काम बन्द नगर्न चेतावनी दिएका छन् । 

अध्यक्ष ओलीले आफूविरुद्ध अध्यक्ष प्रचण्डले पेस गरेको प्रतिवेदनको जवाफ लिखित रुपमै ल्याउने र त्यसका लागि समय चाहिने बताएपछि नेता नेपालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीलाई यस्तो चेतावनी दिएका हुन् । 

एक सचिवालय सदस्यका अनुसार बुधबार जारी सचिवालय बैठकमा आफ्नो धारणा राख्दै वरिष्ठ नेता नेपालले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलाई यस्तो चेतावनी दिएका हुन् । 

‘अनेक बहानामा समय कटाउने र अलमल गर्ने गरेको निकै भयो अब त्यस्तो प्रवृत्ति नदोहोर्याउन म आग्रह गर्छु,’  नेता नेपालले भने, ‘केन्द्रीय सरकारको गतिहिनताका कारण स्थानीय सरकार र प्रदेश सरकार समेत निस्प्रभावी बनेको तीनै तहका सरकारको कामकारवाहीको गम्भीरतापूर्वक समीक्षा गर्नुपर्छ ।’

कसैले पनि गल्ती र कमजोरी नगरौँ, अहिलेसम्म भएका कमजोरीको सबैले स्विकार गर्दै सच्चाउन तयार रहनुपर्ने नेता नेपालको भनाइ छ। 

जनता र कार्यकर्तामा उत्पन्न निराशालाई उत्साहमा बदल्ने काम गर्न र प्रदेश सरकार र स्थानीय सरकारहरु जनताप्रति उत्तरदायी नभएको बताउँदै नेपालले उनीहरुका कामको समीक्षा गरी जवाफदेही बनाउनुपर्ने बताए ।

यो पनि