जेठ ०५, २०८१, शनिबार
               

प्रधानमन्त्रीविरुद्ध लगाइएका आरोप प्रचण्डले पुष्टि गरुन्: नेता थापा

नेपाल फ्ल्यास
मंसिर ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका युवा नेता गगन थापाले नेकपा कार्यकारी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीविरुद्ध  लगाएका आरोपको जवाफ सार्वजनिक गर्न माग गरेका छन् । 

सामाजिक सञ्जालमार्फत नेता थापाले प्रचण्डले ओलीविरुद्ध लगाएका आरोप केवल प्रधानमन्त्रीविरुद्ध मात्र नभएर सार्वजनिक विषय भएकाले ती सबै विषयबारे अध्यक्ष प्रचण्डले पुष्टि गर्नुपर्ने बताएका हुन् ।   

ती आरोप केवल सत्तारुढ दलसँग मात्र सम्बन्धित नभई सार्वजनिक विषयहरु पनि भएकालेती विषय नेकपाको आन्तरिक मामिला मात्र नबन्ने उनको भनाइ छ । यसका अलवा उनले यस विषयमा उनले प्रमुख प्रतिपक्षीमा जोडतोडका साथ लाग्ने बताएका छन् । 

थापाले सामाजिक सञ्जालमा भनेका छन्, ‘त्यसैले फकिने र फकाउनेले यो नबिर्सिनुहोला कि अब सबै विषय नेकपाभित्रको आन्तरिक विषय रहेनन्, दुई पाइलटको मनमुटाव मात्रको विषय रहेन। अब यो राष्ट्रिय सरोकारको विषय हो, यो हाम्रो विषय हो।’

यो पनि