बैशाख १७, २०८१, सोमबार
               

महासचिव पौडेलको प्रस्ताव : सबै सचिवालय सदस्यले सामूहिक राजीनामा दिऔँ

नेपाल फ्ल्यास
मंसिर ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा महासचिव विष्णु पौडेलले नेकपा केन्द्रीय सचिवालयका सबै सदस्यले सामूहिक राजीनामा दिन प्रस्ताव राखेका छन् । 
महासचिव पौडेलले बुधबार बसेको सचिवालय बैठकमा सचिवालयका सबै सदस्यले सामूहिक राजीनामा दिई नयाँ नेतृत्व चयनको प्रक्रियामा जान प्रस्ताव गरेका हुन् ।

सचिवालय सबै असक्षम भएकाले सामूहिक राजीनामा दिऊँ भन्ने प्रस्ताव राख्दै उनले स्थायी कमिटीमा गएर त्यहीँबाट नेतृत्व ल्याउनुपर्नेमा जोड दिए । 

पौडेलले भने, ‘ सचिवालय बैठकमा पार्टीमा देखापरेका एकपछि अर्को संकट समाधानमा अहिलेको सचिवालयको नेतृत्व असक्षम भएको छ ।’

त्यसैगरी, सो बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूले पार्टीका विवादहरुबारे आफ्नो छुट्टै प्रस्ताव ल्याउने बताएका छन्।

यसअघि शुक्रबार कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १९–पृष्ठ लामो प्रस्ताव पेश गरेका थिए।

यो पनि