बैशाख २०, २०८१, बिहीबार
               

लेनदेनमा खाएको धोका नभुल्न प्रचण्ड, माधव र वामदेवलाई झाँक्रीको आग्रह

नेपाल फ्ल्यास
मंसिर ०३, २०७७

ADVERTISEMENT

काठमाडौं। नेकपा नेतृ रामकुमारी झाँक्रीले प्रचण्ड, वामदेव र माधव नेपाललाई यसअघि अँध्यारो कोठामा स्वार्थ समूहसँग गरिएको सहमति कार्यान्वयन नहुँदा खाएको धोका नभुल्न आग्रह गरेकी छन् । 

नेकपाभित्रको विवाद उत्कर्षमा पुगेका बेला नेतृ झाँक्रीले एक ट्विट गर्दै शीर्षस्थ नेतासँग यस्तो आग्रह गरेही हुन्। 

‘आजको बैठक षड्यन्त्रपूर्वक पर नसारियोस्। समस्याको पहिचान गरिएको छ। संवाद छलफल र विधिबाट निकास निकाल्न बैठक नै अन्तिम र वैध विकल्प हो,’ झाँक्रीले टि्वटरमा लेखेकी छन्,  ‘बैठक, विधि छाडेर अँध्यारो कोठाका स्वार्थ समूहसँग गरेको लेनदेनमा खाएको धोका कम्तीमा कमरेड प्रचण्ड, कमरेड वामदेव र कमरेड माधवले नभुल्नू ।’

बुधबार (आज) का लागि तोकिएको नेकपा सचिवालय बैठक हुन्छ कि हुँदैन भन्ने अन्योल भइरहेका बेला नेतृ झाँक्रीले सामाजिक सञ्जालमार्फत नेताहरूलाई खबरदारी गरेकी हुन् ।

यो पनि