बैशाख २०, २०८१, बिहीबार
               

सचिवालय बैठकसँग जुधाएर बोलाइएको मन्त्रिपरिषद् एक घन्टाका लागि स्थगित

नेपाल फ्ल्यास
मंसिर ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो १ बजेका लागि मन्त्रिपरिषद् बैठक एक घन्टाका लागि स्थगित भएको छ।

शुक्रबार सुरु भएको सचिवालय बैठकले आज एक बजे बैठक बस्ने समय तय गरेको थियो । त्यही समय पारेर प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका थिए । मन्त्रीहरुलाई बैठक एक घन्टा सरेको जानकारी गराइएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय बैठक बोलाएपछि युवा नेताको रुपमा परिचित नेता योगेश भट्टराईले पार्टीभित्रको विवादतर्फ संकेत गर्दै कठिन परिस्थिति सिर्जना भएको बताएका थिए । 

मन्त्रिपरिषद् बैठक एक घन्टाका लागि स्थगित भएपछि प्रवक्ता श्रेष्ठले सचिवालय बैठक निर्धारित समयमै बस्ने बताएका छन् । प्रधानमन्त्री ओली र प्रचण्डले एकपछि अर्को पत्र सचिवालय बैठकमा राखेपछि नेकपा विवाद उत्कर्षमा पुगेको छ ।यहीबीचमा चिनयाँ राजदूत र राष्ट्रपति नेकपाको विवाद मिलाउन सक्रिय छन्। दुवैले एकपछि अर्को गर्दै नेकपाका शीर्षस्थ नेतासँग भेट गर्ने क्रम जारी छ । 

यो पनि