बैशाख ३१, २०८१, सोमबार
               

सचिवालय बैठक निर्धारित समयमा बस्छ : प्रवक्ता श्रेष्ठ

नेपाल फ्ल्यास
मंसिर ०३, २०७७

ADVERTISEMENT

काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठक निर्धारित समयमै बस्ने बताएका छन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालयको बैठकसँग जुध्ने गरी मन्त्रिरिषद् बैठक बोलाएपछि सचिवालय बैठक के हुन्छ भनी अन्योल छाइरहेका बेला नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले सामाजिक सञ्चालमार्फत यस्तो बताएका हुन् ।  उनले प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाए पनि सचिवालय बैठक नरोकिने उल्लेख गरेका छन् ।

‘हाम्रो पार्टीको केन्द्रीय सचिवालयको बैठक पूर्वनिर्धारित कार्यक्रम अनुसार आज अपरान्ह १ बजे बालुवाटारामा बस्दैछ’, प्रवक्ता श्रेष्ठले लेखेका छन् । गत शुक्रबार बसेको सचिवालय बैठकले मंसिर ३मा १ बजे बैठक बस्ने समय तय गरेको थियो ।
कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), बरिष्ठ नेता झलनाथ खनाल, बरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ सचिवालय बैठक बोलाउनुपर्ने पक्षमा छन् । तर, प्रधानमन्त्री ओली भने सचिवालय बैठक स्थगित गर्नुपर्ने पक्षमा छन् ।

एकै समयमा सचिवालय र मन्त्रिपरिषद् डाकिएकाले अब नेकपामा के हुन्छ भनी अन्योलता छाएको छ । नेकपामा विवाद बढेसँगै राष्ट्रपति भण्डारी र चिनियाँ राजदूत यान्छी सक्रिय भएका छन् । यसअघि राष्ट्रपति भण्डारीले  अध्यक्ष ओलीसहित शीर्षस्थ नेतासँग भेट गरेकी छन् । 

यो पनि