जेठ ०२, २०८१, बुधबार
               

प्रधानमन्त्रीले १ बजे मन्त्रिपरिषद् बैठक डाकेपछि सचिवायल बैठक अन्योलमा

नेपाल फ्ल्यास
मंसिर ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेकपा विवादतर्फ संकेत गर्दै कठिन परिस्थिति सिर्जना भएको बताएका छन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा सचिवालयको बैठकको समयसँग जुधाएर मन्त्रिपरिषदको बैठक आह्वान गरेपछि भट्टराइले ट्विटमार्फत् यस्तो बताएका हुन् । 

ओली पक्ष आजको सचिवालय बैठक रोक्ने प्रयासमा र प्रचण्ड–माधव नेपाल पक्ष जसरी पनि  बैठक बसाल्ने तयारीमा रहेका बेला समय जुधाएर बोलाइएको बैठकलाई महत्वका साथ हेरिएको छ।  जसका कारण अब सचिवालय बैठक के हुन्छ भन्ने अन्यौलता छाएको छ । 

प्रधानमन्त्री ओलीसहित यसअघि बसेको सचिवालय बैठकले आज दिउँसो १ बजे सचिवालय बैठक बस्ने निर्णय गरेको थियो । तर, पार्टीको बैठक छल्न खोजेको अर्थ लाग्ने गरी प्रधानमन्त्री ओलीले आजै १ बजे मन्त्रिपरिषद बैठक डाकेपछि सो अन्योलता सिर्जना भएको हो ।

नेकपामा कार्यकारी अध्यक्षसहित बहुमत सचिवालय सदस्य एकातिर र प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली अर्कातिर छन् । बहुमत सचिवालय सदस्यले प्रधानमन्त्री ओलीलाई सचिवालय बैठक बोलाउन दबाब दिइरहे पनि प्रधानमन्त्री ओलीले विभिन्न बाहनामा सो बैठक धकेल्दै आएका छन् ।

यहीबीचमा बसेको सचिवालय बैठकमा दुवै अध्यक्षले एकअर्कालाई लेखेको पत्र सचिवालय सदस्यलाई अध्ययनका लागि भन्दै बाँडी मंसिर ३ मा बैठक बस्ने सहमति भई समापन भएको थियो । 

यो पनि