बैशाख २०, २०८१, बिहीबार
               

पार्टी एकता जोगाउन मन्त्री पद त्याग्न तयार छु: सञ्चारमन्त्री गुरुङ

नेपाल फ्ल्यास
मंसिर ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले पार्टी एकतालाई विभाजनबाट जोगाउन आफू मन्त्री पद त्याग्न तयार रहेको बताएका छन् ।

नेकपा विवाद उत्कर्षमा पुगेका बेला केही दिनअघि मात्रै मन्त्री बनेका गुरुङले मंगलबार साँझ सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै यस्तो बताएका हुन् ।

‘सत्ता र शक्तिको लागि हो भने स्थायी सरकारका लागि मूल नेतृत्व परिवर्तनबाहेक अन्य परिवर्तन गर्न आफूहरू तयार रहेको छु,’ उनले सामाजिक सञ्जालमा भनेका छन् ।

नेतृत्वले पार्टी एकतालाई बचाउन, विभाजनबाट रोक्न र वर्तमान संकट व्यवस्थापन गर्न सम्माननीय प्रधानमन्त्री एवंम् पार्टी अध्यक्ष, आदरणीय पार्टी अध्यक्ष, पार्टीका जिम्मेवारी अन्य नेताहरुलाई अनुरोध समेत गरेका छन् । 
‘कोभिड–१९ का कारण राष्ट्रको सामू चौतर्फी  संकट भएको बेला प्रतिपक्षले समेत राष्ट्रिय एकताको राजनीतिक संस्कार देखाएर विरोध नगरेको अवस्थामा पार्टीभित्र प्रतिपक्षको भूमिकाबाट नेपालको समृद्धि, पार्टी एकताको नीति, सिद्धान्त, विचार र विधान विपरित पार्टी विभाजन गर्ने, क्रान्ति होइन् प्रतिक्रान्ति निम्त्याउने प्रस्तावलाई स्थगित गरौं,’सामाजिक सञ्जालमा गुरुङले उल्लेख गरेका छन् ।

यो पनि